हेटौंडा उपमहानगरपालिका वडा नंम्बर ५ शान्तिनगर स्थित जनप्रबाह क्लबको ३५ औँ साधारण सभाको अबसरमा जनप्रबाह क्लब र शान्ति नगर टोल बिकास सस्थाको सयुक्त भवन हेटौंडा उपमहानगरपालिकाका मेयर हरि बहादुर महतले उद्घाटन गरेको छ । शुक्रबार एक कार्यक्रमका बिच मेयर महतले क्लवको नयाँ भवन उद्घाटन गरेको हो । ५ नंम्बर वडाध्यक्ष राजेश बानियाँ, वडाका प्रतिनिधिहरू, बिभिन्न टोलविकास क्लबका प्रतिनिधिहरुको समेत उपस्थितमा दुई तले नयाँ भवन उद्घाटन गरेको हो ।

No description available.

कार्यक्रममा शान्तिनगर टोल बिकास सस्थाका अध्यक्ष र जनप्रबाह क्लबका संरक्षक देबि बहादुर बुढाथोकीले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रममा ५ नम्बर वडा सयुत क्लबका अध्यक्ष विशाल राज महत, पिप्ले युवा क्लबका अध्यक्ष सुशील घिमिरे लगायतको उपस्थिति रहेको थियो। हरेक टोलबिकास सस्थाले एकताको बिकास , मैत्रीपूर्ण वातावरण सृजन गर्न योगदान दिएको जानकारी गराउदै ३५ औ साधारण भेलाले थप नयाँ कार्यक्रम समेत गर्न उर्जा प्रदान गरेको जनप्रवाह क्लबका अध्यक्ष हरि बहादुर कुवरले बताए ।