हेटौंडा–७ स्थित नागस्वतीमा बडा दशैंको अवसरमा जारी वडा स्तरीय फुटबल प्रतियोगिता अन्तर्गत आज पनि दुई खेल हुँदैछ । दिउँसो २ बजे हुने पहिलो खेलमा नर्मल मुस्कान र वनदेवी बिच प्रतिस्पर्धा गर्नेछन् भने ३ः३० बजे हुने दोस्रो खेलमा हरियाली र न्यु चिसापानी भिड्ने भएको छ । त्यस्तै हिजो शनिबार पनि दुई खेल भएका छन् । पहिलो खेलमा आदर्श र अग्राठे बिच भएको थियो । अग्राठेले ३–० गोल अन्तरले आदर्शलाई पराजित गरेको छ । खेलको म्यान अफ द म्याच अग्राठेका विश्वास तितुङ भएका छन् भने दोस्रो खेलमा जागरण र स्मृति किरण फुटबल टिम बिच खेल भएको थियो । उक्त खेलमा जागरणले ४–० गोल अन्तरले स्मृती किरणलाई पराजित गरेको छ । खेलको म्यान अफ द म्याच जागरणका रसिक सिलवाल भएका छन् ।

प्रतियोगिता अन्तर्गत लिग चरणको खेल २० गतेसम्म चल्ने छन् । लिग चरण अन्तर्गत १८ गते पहिलो खेल अग्राठे र नवज्योति बिच हुनेछ भने दोस्रो खेल वनदेवी र ७ नंम्बर भेट्रान्स बिच हुने भएको छ । १९ गते एक खेल नवज्योति र आदर्श बिच मात्र हुने भएको छ । त्यसैगरी २० गते दुई खेल हुने भएको छ । पहिलो खेलमा न्यु चिसापानी र आदर्श बिच प्रतिस्पर्धा गर्नेछन् भने दोस्रो खेलमा स्मृति किरण र ७ नंम्बर भेट्रान्स बिच प्रतिस्पर्धा हुने छन् । प्रतियोगिता अन्तर्गत २२ गतेबाट सेमी फाईनल चरणका खेलहरु सुरु हुने र फाईनल खेल २५ गते हुने सञ्चार संयोजक गोकुल अधिकारीले जानकारी दिएका छन् ।

प्रतियोगितामा प्रथम हुने टिमले ४५ किलोको खसि , शिल्ड ,मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन भने दित्तिय हुने टिमले ३५ किलोको खसि ,शिल्ड,मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन । यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडि , हरेक खेलका म्यान अफ द म्याच ,अनुसाशित टिम ,सर्वाधिक गोलकर्ता लगायतलाई पनि आकर्षक पुरस्कारको व्यवस्था रहेको जनाइएको छ ।