आगामी मंसिर १५ गतेदेखि हुने १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता९साग० को प्रचारप्रसारका लागि सुरु भएको ओलम्पिक टर्च हेटौंडा आइपुगेको छ।

सात वटै प्रदेशमा पुगेर प्रतियोगिताको प्रचारप्रसार गर्ने क्रममा र्‍याली हेटौंडा आइपुगेको । प्रदेश एकबाट ओलम्पिक टर्च बोकेर प्रचारमा हिँडेको ओलम्पियन एथलेटिक्स खेलाडिहरु मुकुण्डहरि श्रेष्ठ ९१९८० मस्को०, जीत बहादुर केसी ९१९७२ म्युबिख०, राजकुमारी पाण्डे ९१९८८ एटलान्टा०, कान्छीमाया कोजु ९२००४ एथेन्स०, ज्ञान बहादुर बोहरा ९२००० सिड्नी० र सुटिङका टिकाराम श्रेष्ठ ९२००४ एथेन्स० हेटौंडा आइपुगेका हुन्।

उनीहरुलाई आज बिहान खेलकुद विकास समिति मकवानपुरमा भएको कार्यक्रममा स्वागत गरिएको छ। र्‍यालीलाई स्वागत गर्दै हेटौंडा उपमहानगरपालिकाको उपप्रमुख मिना लामा, प्रदेश खेलकुद विकास परिषद्का सदस्य माधव तिमल्सिनाले स्वागत गर्दै चितवनका लागि बिदाइ समेत गरेकाछन्।

मंसिर ७ गते प्रदेश १ को राजधानी बिराटनगरबाट ओलम्पिक टर्च बोकेर सुरु भएको प्रचार र्‍याली जनकपुर हुँदै हेटौंडा आइपुगेको हो। उक्त टोली आज चितवनहुँदै बुटवलपुगी लुम्बिनी पुग्नेछ। यसैगरी कर्णाली र सुदुरश्चिम पुगेर मंसिर १५ गते दशरथ रंगशालामा रहेको ओलम्पिकको मुख्य दियो प्रज्वलन गरी प्रतियोगिता उद्घाटन हुनेछ।