Comments Add Comment

ज्ञानेन्द्र मल्लले लिए सन्यास

नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् । काठमाडौंमा आज पत्रकारका सम्मेलन गर्दै मल्लले सन्यासको घोषणा गरेका हुन् । उनले सन्यास घोषणा गर्दै आफ्नो परिवार, नेपाल क्रिकेट संघ क्यान, प्रशिक्षक र क्रिकेट समर्थकलाई धन्यवाद दिएका छन् । देशको प्रतिनिधित्व गरेकामा गर्व लागेको बताएका मल्लले मान प्रतिष्ठा पाएको खेलबाट बिदा लिन सजिलो नहुने बताए ।

उमेर समूहका क्रिकेटबाट यात्रा सुरु गरेका मल्लले सन् २००६ मा राष्ट्रिय सिनियर टिममा डेब्यु गरेका थिए । उनले क्रिकेटको अन्तर्राष्ट्रिय करिअरलाई पूर्णविराम लगाउन आफ्ना लागि यो उपयुक्त समय भएको बताए ।

डेढ दशक भन्दा बढी अन्तर्राष्ट्रिय क्रिकेट खेलेका मल्लले २०७६ देखि २०७८ सालसम्म राष्ट्रिय टिमको कप्तानी सम्हालेका थिए । टी ट्वान्टी अन्तर्राष्ट्रियमा शतक बनाएका मल्लले ३५ एकदिवसीय खेलबाट ८ सय ५६ रन बनाएका छन् । त्यस्तै ४५ टी–ट्वान्टी अन्तर्राष्ट्रियमा ८ सय ८३ रन बनाएका छन् ।

KFM

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर