Comments Add Comment

आँखा पाक्ने रोगबाट यसरी बचौं

पछिल्लो पटक मुलुकका विभिन्न स्थानमा आँखा पाक्ने रोग फैलिएको भन्दै सर्तकता अपनाउन विज्ञहरुले सुझाव दिएका छन् । गर्मी बढेसँगै कञ्चनरपुर, कैलाली, बर्दिया, सिरहा, दाङ, सुनसरी, मोरङ, पर्सा लगायत क्षेत्रमा सो समस्या देखिएको हो । एक्कासी आँखा रातो हुने, आँखा धेरै चिलाउने, कचेरा लाग्ने, आँशु बगिरहने, आँखा सुन्निने, दुख्ने, विझाउने, घाम तथा उज्यालो प्रकाशमा हेर्न समस्या हुने लगायत समस्या देखिएमा स्वास्थ्य संस्था जना आग्रह गरिएको छ ।

सो रोगबाट बच्न जथाभावी रुपमा आँखा नछुने, सफा पानीले धुने, अरुको रुमाल र तौलिया प्रयोग नगर्ने सुझाव दिइएको छ । यस्तै, आँखा पाकी हालेमा पटक–पटक चिसो पानीले आँखा धुने, आँखा छुनु भन्दा पहिले र छोइ सकेपछि साबून पानीले हात धुने, कालो चस्मा लगाउने, प्रयोग गर्ने रुमाल र तौलिया छुट्टाछुट्टै राख्ने, व्यक्तिगत सरसफाईमा ध्यान दिनुका साथै चिकित्सकको सल्लाह बमोजिम आँखामा औषधी प्रयोग गर्न सुझाव दिइएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर