Comments Add Comment

यस्ता छन् ढाड दुखाईका कारण र उपचार विधि

मेरुदण्डको हड्डी, मेरुदण्ड अर्थात् मुख्य नसा, स्पाइनल नर्भ, डिस्क, लिगामेन्ट र मांसपेसी गरी विभिन्न हड्डीले ढाड बनेको हुन्छ । त्यसैले मेरुदण्डको कुनै पनि भागमा हुने दुखाईलाई ढाड दुख्नु भनिन्छ ।

ढाड दुख्नु साझा समस्या हो । प्रत्येक ब्यक्तिमा जीवनभरमा एक न एक चोटी ढाड दुख्ने समस्या हुनेगर्छ । दुखाई मेरुदण्डमा जहाँ पनि हुनसक्छ । तर, मुख्यतय मेरुदण्डको तल्लो भागमा बढी समस्या देखिन्छ । 

ढाड दुख्ने समस्यालाई मुख्यतय दुई किसिममा विभाजन गरिएको छ । मेकानिकल ब्याकपेन र पोस्चुगल ब्याकपेन । ढाड दुख्नुको मुख्य कारण गलत तरिकाले काम गर्नु वा बस्नु नै हो । शरीरको पौस्चर नमिल्दा मांसपेशी खुम्चिएर बस्ने गर्छ, जसले गर्दा दुखाई हुने गर्छ । मेरुदण्डको समस्या लिएर अस्पताल आउनेमध्ये कबरी ७० प्रतिशतमा मेकानिकल ब्याकपेनको समस्या हुनेगरेको पाइन्छ । 

कुर्सीमा बसेर लामोसमयसम्म काम गर्नेलाई ढाड दुख्ने समस्या धेरै हुन्छ । एउटै पोजिसनमा बस्दा पछाडिको मांसपेसी एकदमै थाकेको हुन्छ । अप्ठ्यारो गरेर बस्दा मांसपेसी दुखेर ढाडमा समस्या आउने गर्छ, जुन पोस्चुगल ब्याकपेन हो ।

कारणः

– विभिन्न चोटपटकबाट मेरुदण्ड भाँच्चिनु, मेरुदण्ड चिरिनु, नसा च्यापिनु, जोर्नीमा जन्मजात समस्या हुनु आदि विभिन्न कारण ढाड दुख्छ ।

– चोटपटक लाग्दा, बसाई नमिलेर आदि विभिन्न कारणले हड्डीहरुको बीचमा रहेको डिस्क बाहिर आउने गर्छ । पछाडिको भागमा गएर नसा च्यापिने अवस्थालाई सियापिका भनिन्छ । 

– मेरुदण्डमा हुने विभिन्न संक्रमणका कारणसमेत मेरुदण्डमा दुखाई हुनेगर्छ । संक्रमण, ब्याक्टेरियल, टिबी आदिका कारणले हुन्छ । जसले विस्तारै हड्डीभित्र रहेको डिस्कलाई खियाउने हुँदा दुखाई हुनेगर्छ । 

– ढाड दुखाईको अर्को मुख्य कारण क्यान्सर र ट्युमर हो । शरीरमा अन्य भागमा भएको क्यान्सर मेरुदण्डमा गएर बसिदिन्छ ।

कसरी थाहा पाउने ?

– ढाड दुखाईको कारण पत्ता लगाउन सामान् चेकजाँच गर्न सकिन्छ । 

– एक्सरेको माध्यमबाट ढाड दुख्ने कारण पत्ता लगाउन सकिन्छ । यस्तै कतिपय डिस्कको अवस्था थाहा पाउन सिटी स्क्यान र एमआरआई पनि गर्न सकिन्छ । 

– कतिपय अवस्थामा रगतमा क्याल्सियम र पोटासियमको कमीका कारणसमेत दुखाई हुने हुँदा रगत परीक्षण गर्नुपर्ने हुन्छ । 

उपचारः

– ढाड दुख्ने समस्याको कारण पत्ता लगाएर उपचार गर्न सकिन्छ । सामान्य दुखाई भएमा औषधिको सेवनबाट निको हुन्छ । 

– फिजियोथेरापी गरेरसमेत ढाड दुख्ने समस्याबाट राहात पाउन सकिन्छ । 

– संक्रमण, ट्युमर र क्यान्सरको उपचार केही हदसम्म शल्यक्रियाबाट निको हुन्छ । (एजेन्सीको सहयोगमा) 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर