यदि तपाई चुरोट छोड्ले सोचमा हुनु हुन्छ भने निम्न कुरामा ध्यान दिनुहोस्

  • चुरोट छोड्न चाहनेहरूले चुरोट पिउने मानिसबाट टाढै रहनुपर्छ । 
  • चुरोट पिउने तलतल लाग्दा चिया, कफी तथा नास्ता खानु उपयुक्त हुन्छ । 
  • किन चुरोट छोड्दैछु भन्ने विषयमा आफूले आफैंलाई सम्झिरहनुहोस ।
  • अरूले तानेको देख्दा आफूलाई पनि तलतल लाग्यो भने आफैंले आफूलाई ‘केही मिनेट ढिलो गर्छु’ भन्नुहोस् । यस्तो चलाखीले पनि चुरोटबाट बिस्तारै टाढा बनाउँछ ।
  • मनलाई नियन्त्रण गर्नुहोस् । आत्म अनुशासन कायम गर्दै कठोर हुनुहोस् ।