ब्रा किन्दा महिलाले थाहा पाउनैपर्ने ३ कुरा

अनलाइन पत्र संवाददाता२०७६-०७-०५ No Comments

यदी तपाईले ब्रा किन्नुभन्दा पहिले केहि सोच-विचार नगरीकन अर्थात् आफ्नो स्तनको साइजअनुसार जुनसुकै पनि ब्रा किन्दै हुनुहुन्छ भने तपाई आफ्नो स्तनको आकारमाथि खेलवाड गर्दै हुनुहुन्छ।

ब्रा किन्दा थाहा पाउनुपर्ने महत्वपूर्ण कुरा

१. के हो त ब्राको नियम ?

ब्रा जसमा तपाईको स्तनको आकार निर्भर हुन्छ। यदी ब्राले स्तनको आकार दिन सक्छ भने बिगार्न पनि सक्छ। त्यसैले ब्रा किन्न या त्यसको प्रयोग गर्नुभन्दा पहिले हरेक महिलामा ब्राको नियमबारे जानकारी हुनुपर्दछ।

२. परफेक्ट फिट ब्रा

धेरै पटक तपाईले अनुमान गर्नुभएको होला आफ्नो स्तन आकारको ब्रा लिदा पनि ठिक हुदैन। यसले तपाइलाई ब्राको भिन्न साईजबारे थाहा नभएको जनाउदछ । ब्रा ३२, ३४, ३६… साईजको मात्र नभई ए, बी र सीको साइजमा पनि आउछ। जसको बारेमा धेरै कम युवतीहरुलाई थाहा होला । यदी ३२ को ब्रा पनि ठिक भएन भने स्टोर स्टाफको मद्दत लिएर ३२ ए, ३२ बी या ३२ सी ब्रामा कुनै परफेक्ट ब्रा किन्नुहोस।

३. सहि फिट र आकारका ब्रा

ब्रा किन्ने समयमा युवतीहरुको ध्यान केवल साइजमा ध्यान हुन्छ । तर फिट ब्रा हैन तपाइको स्तनलाई राम्रो लुक्स दिने । यसको लागि ब्रा ट्राई गर्ने समयमा आफ्नो कोहि साथी जसरी राख्नुहोस । किनकि उसले तपाइको स्तनको लुक्स सहि छ या छैन बताउनेछ ।

Chat Icon
Ad
Ad