2025-11-10 3:47 pm

तिहारको लागि सेल रोटी कसरी बनाउने भनेर चिन्तित हुनुहुन्छ ? हेर्नुहोस् सजिलो तरिका (भिडियो)

तिहार भन्ने वित्तिकै झिलिमिली बत्ती,रंगीचंगी फूलसँगै नरम गरम सेलरोटीको पनि पर्व हो भन्ने बुझिन्छ ।

अब तिहारको रौनक छाउँदै छ । झिलिमीली बत्ति, सयपत्री र मखमली फूल, भाइटिका संगै तिहारको परिचय संग सेलरोटी पनि जोडिन्छ ।

सेलरोटी नेपाली भान्सामा धेरैजसो बन्ने गर्छ । तर तिहारमा यसलाई विशेष परिकार मानिन्छ।  सेलरोटी बिनाको तिहार अधुरो मानिन्छ । सेलरोटी बच्चा देखि वृद्धसम्मको प्रिय परिकार हो । सेलरोटी बनाउनको लागि हेर्दा गाह्रो लागेपनि सजिलो विधिद्वारा पनि बनाउन सकिन्छ ।

कहिल्यै सेलरोटी नपकाएका तर यसपटक देखि पकाउन लाग्नुभएका वा विदेशमा रहेर पनि नेपाली सेलरोटी आफैंले पकाएर तिहारको झल्को मेटाउसोच गर्दै हुनु हुन्छ तर सेलरोटी कसरी बनाउने भन्ने दुविधामा हुनुहुन्छ होला । पक्कै पनि न्ता नलिनुहोस् तपाईहरुलाई सजिलो तरिकाबाट सेल रोटी बनाउने तरिका सिकाउँदै छौ। सजिलो तरिकाबाट सेल रोटी कसरी बनाउने त

आवश्यक सामग्री

चामल, चिनी, घ्यु  तेल

विधि

चामललाई एक रातभरि भिजाउनुपर्छ र अर्को दिन पिस्नुपर्छ । सेलरोटीको लागि थोरै खस्रो पीठो राम्रो मानिन्छ ।

चामलको पीठोमा घ्यु र चिनी हालेर राम्रोसंग माड्नुपर्छ ।

त्यसपछि तातो पानी थोरै थोरै राख्दै सेलरोटीको लागि पीठो तयार गर्नुपर्छ । पीठो धेरै पातलो या धेरै बाक्लो हुनु हुँदैन ।

अब एउटा भाँडोमा तेल तताउनुपर्छ ।

एउटा पानीको बोतललाई बीचबाट काटेर त्यसमा पीठो भरेर तेल तातेपछि सेलरोटी पकाउन सकिन्छ ।

हेर्नुस् यो भिडियोमा:

About the Author

Ad
Ad