काठमाडौँ – गायन रियालिटी शो ‘द भोइस अफ नेपाल’मा आफ्नो गायिकी मार्फत धेरैको मन जित्न सफल गायक किरण गजमेरले आफ्नो नयाँ म्युजिक भिडियो ‘किन मायामा’ सार्वजनिक गरेका छन्।

हृदयस्पर्शी यस  गीतमा  गोपाल लोहारको शब्द रहेको छ भने वसन्त सापकोटाको संगीत रहेको छ।  यस गीतलाई  बिशम आचार्यले संगीत संयोजन गरेका हुन्।  त्रिकोणात्मक प्रेम कथामा आधारित म्युजिक भिडियोमा जाइना कुँवर, प्रभात पाल ठकुरी, सुष्मिता चौधरी र दिलीप केसीको अभिनय रहेको छ ।

श्याम तामाङ्गले छायांकन गरेको यस भिडियोलाई बिकाश दहालले सम्पादन गरेका हुन्। भिमा लोहार निर्मात्री रहेको यस भिडियोलाई श्याम लामा र काजी लिम्बुको सयुक्त  निर्देशनमा भिडियो तयार पारिएको हो।  गोलो प्रोडक्शनको आधिकारिक च्यानल मार्फत भिडियो  सार्वजनिक गरिएको  हो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

तपाईको प्रतिक्रिया दिनुहोस्

लेखकको बारेमा

लेखक

अनलाइनपत्र संवाददाता

वरिष्ठ समाचार लेखक

4173 लेखहरू
5 years पहिले सदस्य
0 कमेन्टहरू