काठमाडौं – गायिका प्रमिला राईको स्वर रहेको ‘युके लाहुरे’ नयाँ गीत बजारमा सार्बजनिक भएको छ । रंगिन कोरसको बीचमा गायिका प्रमिला राई आफै र सुदीप यसमालीको रोचक अभिनय रहेको छ ।
खड्ग गन्धर्बको शब्द संगीत तथा धनु ज्ञाङमीको संगीत संयोजन रहेको गीत भिडियो सहित बजारमा आएको हो । यो गीतमा बिशेष गरि एक युवतीको माध्यमबाट युके लाहुरेसँगको आत्मिएता माया प्रेमका कुरा दर्शाउन खोजिएको छ । साथै युके लाहुरे जिवनको वास्तविक कथा र जिवन कहानी यस भिडियोको माध्यमबाट प्रस्तुत गर्न खोजिएको छ ।
नेपालको समाजमा हुर्किएकी एक युवति, प्रकृती र जिन्दगी काट्ने प्रेम, यूके लाहुरे जिबन शैली, हासखेल ठट्टालाई जिबन्त समर्पण गीतमार्फत दर्शाउन खोजिएको छ । गायिका प्रमिला राई आफैमा चर्चित नाम हुन् । नाछिरिङ समुदायबाट लामो समय गीत संगीतमा अनेक संघर्ष गर्दै कलाकारिता जगतमा उदाएकी उनले फिल्म तथा टेलिचलचित्रमा समेत नायिका तथा कलाकारको भूमिकामा अभिनय गरेकी छिन् । साथै राईले नाछिरिङ समुदायको ‘पौ’ अर्थात ‘सम्बन्ध’ नामक डकु ड्रामाको फिल्म पनि बनाएकी छिन । उनै गायिका राईले गाएको गीत भर्खरै बजारमा रोचक भिडियो सहित सार्बजनिक गरिएको छ ।