विष्णु माझीको स्वरमा दशैं तिहार आईसक्यो भन्ने बोलको गीत सार्वजनिक गरिएको छ । यो गीत म्युजिक कम्पनी ९सपना म्युजिक इन्डष्ट्रिज०मार्फत सार्वजनिक भएको छ । यस गीतमा विष्णु माझीकै श्रीमान सुन्दरमणि अधिकारीको शब्द र संगीत छ ।

यस गीतमा महिमा आचार्यको कोरस गायन छ । गीतको म्युजिक भिडियोलाई पनि अधिकारीले नै निर्माण तथा निर्देशन गरेका छन्। प्रिया विष्टले अभिनय गरेको भिडियोमा कोरियोग्राफी शिव बिकले गरेका हुन्। गीत मालश्री स्टुडियोमा रेकर्ड गरिएको हो । यो गीतको भिडियोलाई सम्भु चालिसेले खिचेका छन् । यस्तै गीतको भिडियोलाई सुजन शाहीले सम्पादन गरेका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

तपाईको प्रतिक्रिया दिनुहोस्

लेखकको बारेमा

लेखक

अनलाइनपत्र संवाददाता

वरिष्ठ समाचार लेखक

4298 लेखहरू
5 years पहिले सदस्य
0 कमेन्टहरू