त्रिशूली नदीमा कार खस्दा तीन जना बेपत्ता

Company Register

त्रिशूली नदीमा कार खस्दा तीन जना बेपत्ता भएका छन् । काठमाडौंबाट पोखरा जाँदै गरेको कार चितवनको इच्छाकामना गाउँपालिका ५ स्थित नाग्दी खोलाबाट त्रिशूली नदीमा खस्दा तीन जना बेपत्ता भएका छन् । ग.२ च ४९१८ नम्बरको कार गएराति साढे १२ बजेतिर अनियन्त्रित भई सडकबाट करिब ३५ मिटर तल त्रिशूली नदीमा खस्दा चालक सहित तीनजना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

Advertisement

बेपत्ता हुनेमा कार चालक पोखरा महानगरपालिका १७ का ५५ वर्षका प्रेम बहादुर भुजेल, सोही स्थानका ५५ वर्षका लेख बहादुर भुजेल र उनकी श्रीमती ३६ वर्षीया ईश्वरी भुजेल रहेको प्रहरीले जानकारी दिए । बेपत्ता तीन जनाको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...