नेपालमा आज (शनिबार) साँझ थप दुईजनामा कोरोना संक्रमित थपिएका छन् ।धनुषामा शनिबार दुईजना कोरोना संक्रमित थपिएका हुन् ।

धनुषाका २० र ६५ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यससँगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या २८१ पुगेको छ।

नयाँ संक्रमित मध्ये धनुषा निवासी २० र ६५ वर्षीय पुरुष रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । उनीहरुको अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ । यस्तै धुलिखेल अस्पतालमा मृत्यु भएकी सिन्धुपाल्चोक निवासी २९ वर्षीया महिलाको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको मन्त्रालयले जनाएको छ ।