Coronavirus COVID-19

फेरि २७४ जना कोरोना संक्रमित थपिए, अरु ३ जनाको ज्यान गयो

[Ads]

काठमाडौं – नेपालमा बिहीबार थप २७४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा नयाँ २७४ जना कोरोना संक्रमित थपिएका हुन् । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १९ हजार ५४७ जना पुगेको छ ।

Advertisement

यस्तै, कुल १४ हजार २४८ जना उपचारपछि निको भएर घर फिर्ता भएका छन् । बिहीबार मात्रै २२७ जना कोरोना संक्रमणबाट निको भएर फर्किएका छन् । यता पछिल्लो २४ घण्टामा ३ जनाको कोरोनाका कारण मृत्यु भएको छ । नेपालमा हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ५२ पुगेको छ । 

Onlinepatra TVका भिडियोहरु हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (🔔) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

Advertisement

प्रतिक्रिया
Loading...