गायिका इन्दिरा जोशीले इन्गेजमेन्ट गरेकी छन्। गायिका जोशीले खुम्बु पुगेर फेसन डिजाइनर शरद केडियासँग इन्गेजमेन्ट गरेकी हुन्। इन्गेजमेन्ट गरेको भिडियो अहिले सामाजिक सञ्जाल टिकटकमा भाइरल भईरहेको छ ।

इन्दिराले यसअघि आफू प्रेममा रहेको बताए पनि प्रेमीको नाम खुलाएकी थिइनन्। अहिले इन्गेजमेन्ट गरेको कुरा पनि उनी आफैंले भने औपचारिक रूपमा सार्वजिनक गरेकी होइनन्। उनीहरूले इन्गेजमेन्ट गरेको भिडिओ क्याप्टेन विवेक थापाले आफ्नो टिकटक अकाउन्टमा राखेपछि वास्तविकता सार्वजनिक भएको हो।

गायिका इन्दिरा जोशीले गरिन् इन्गेजमेन्ट (भिडिओ)