एपिवन टेलिभिजनबाट प्रशारण हुँदै आईरहेको नेपालको पहिलो चर्चित सिङ्गिङ रियालिटी शो नेपाल आईडल सिजन ४ मा मकवानपुरकी सुमियन पाख्रिन टप १० मा प्रवेश गरेकी छिन् । रियालिटी शो नेपाल आईडल  हप्ताको हरेक बिहिबार र शुक्रबार एपिवन टेलिभिजनबाट प्रशारण हुँदै आइरहेको छ ।सुमियन बिहिबारको ईपिसोडमा बटम ३ मा परेता पनि उनि सुरक्षित हुँदै टप १० मा प्रवेश गरेकी छिन् ।

टप १० मा प्रवेश गरेकी उनले अब टप ९ मा पुग्न दर्शकको अमुल्य भोटको खाँचो रहेकोले आफुलाई अत्याधिक भोट गरिदिन अनुरोध गरेकी छिन् । भोटिङ लाईन शुक्रबारको प्रस्तुतीपछि खुल्ला हुनेछन् । उनलाई भोट गर्न एनटिसी , एनसेल र स्मार्ट फोनबाट मोबाईलको एसएमएस बक्समा गई ११ टाईप गरी ३७००० मा अनि सेलपे एप डाउनलोड गरी भोट गर्न सकिनेछ भने देश बाहिरबाट सृष्टी एप डाउनलोड गरी भोट गर्न सकिनेछ । भोटिङ सोमबार बिहान १२ बजेसम्म खुल्ला रहने छ ।

को हुन् सुमियन पाख्रिन ?

सुमियन पाख्रिन मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नंम्बर १५ मा बस्छिन् । बुवा भिम बहादुर पाख्रिन र आमा देवीमाया दोङको कोखबाट जन्म लिएकी उनि चार दिदि बहिनी मध्य कान्छी सुपुत्री हुन् । उनी पहिलेदेखि नै संगितमा रुचि राख्थिन् र उनि क्रिष्ट्रियन भएकै कारण उनि शनिबार /शनिबार चर्चमा गएर गीत गाउँथिन् र घरमा हुँदा दाईले गितार बजाउने र उनले गीत गाउँथिन् । उनी बाल्यकालदेखि नै चञ्चल स्वभावकी थिईन् । कान्छी छोरी भएकै कारण उनलाई घरमा सबैले माया गर्छन् ।

नेपाल आईडलको यात्रा
उनले अडिसनमा दिव्य सुब्बाको ‘तिम्रो मन मेरो लागि घर हो…’ भन्ने बोलको गीत गाएर छानिएकी थिईन् । उनले विभिन्न राउण्डहरु पार गर्दै अहिले टप १० मा प्रवेश गरेकी छिन् । उनले थ्रेयटर राउण्डमा ‘मन किन रुन्छ मन……’ भन्ने बोलको गीत गाएकी थिईन् भने पियानो राउण्डमा आस्था राउतको ‘चौबन्दीमा पटुकी बाँध्या छैन भन्दैमा…..’ भन्ने बोलको गीत गाएकी थिईन् । त्यस्तै गाला राउण्डमा मन्त्र ब्याण्डको ‘सधैँ सधैँ आईरहन्छ तिम्रो यादहरु….’ भन्ने बोलको गीत गाएकी थिईन् । टप १२ मा उनले सुक्मित गुरुङ्गको ‘चिसो बतासले…’ भन्ने बोलको गीत गाइएकी थिईन् । उनले अहिले टप ११ मा जज सुवानी मोक्तानकै पहिलो एल्बमबाट ‘तिमी बिनको जिवन काँडा भो ….’भन्ने बोलको गीत गाएकी थिईन् ।