मकवानपुरगढी गाउँपालिका वडा नम्बर २ स्थित अदुवाखर्कमा एक महिलाको रुखबाट खसेर मृत्यु भएको छ । बिहिबार दिउँसो जंगलमा घाँस काट्न जाँदा रुखबाट खसेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । मृत्यु हुनेमा सोही वडाकी २२ वर्षीया प्रमिला योञ्जन रहेको प्रहरीले जनाएको छ ।