Breaking
4 Dec 2024, Wed

मकवानपुरमा निशुल्क स्वास्थ्य शिविर हुने

मकवानपुरका विभिन्न ६ स्थानमा स्वास्थ्य शिविर हुने भएको छ । रोटरी क्लव अफ हेटौँडा र ग्रामीण स्वास्थ्य तथा शिक्षा सेवा गुठी समन्वयमा मकवानपुरका ६ स्थानमा महिलाहरुका लागि निःशुल्क स्वास्थ्य परीक्षण तथा उपचार शिविर हुने भएको हो ।

यी संस्थाले मंसिर ८ गते मकवानपुरगढी स्वास्थ्य चौकी शिखरकटेरी, १० गते पदमपोखरी स्वास्थ्य चौकी, हेटौंडा–१३, १० गते नै  शहरी स्वास्थ्य केन्द्र हेटौंडा–१७, डिपुचौर, ११ गते माथिल्लो ज्यामिरे शहरी स्वास्थ्य केन्द्र, हेटौंडा–१९, १२ गते बसामाडी स्वास्थ्य चौकी, लेवट, हेटौंडा–३ र १३ गते र शहरी स्वास्थ्य केन्द्र, हेटौंडा–७, नागश्वतीमा शिविर गर्न लागेको रोटरी क्लव अफ हेटौँडाका अध्यक्ष इन्द्रप्रसाद नेपालले जानकारी दिए । 

यस अघि सन् २०१६-०१८ सम्म मकवानपुरका २४ वटा स्वास्थ्य केन्द्रमा यस्तै शिविरको आयोजना गरी ५५ सय जनाको स्वास्थ्य परिक्षण उपचार गरिएको थियो । करिव ९५ जना महिलाहरुको पाठेघरको अपरेशन गर्नु पर्ने भेटिएतापनि कतिपय महिलाहरु पारिवारिक कारण देखाई अनुपस्थिति भएका कारण ५५ जनाको मात्र काठमाण्डौस्थित मनमोहन अस्पताल र बनेपा स्थित शिरमेमोरियल अस्पतालमा लागि निःशुल्क अपरेशन गरिएको थियो । उक्त कार्यक्रमबाट बाँचेको बजेटबाट अहिले यो कार्यक्रम गर्न लागेको जनाईएको छ ।

Ad
Ad