मकवानपुरगढी गाउँपालिकाले गाउँमै १५ शय्याको अस्पताल निर्माण गर्ने भएको छ । गाउँपालिकाको मध्य भागमा पर्ने आमभन्ज्याङको डुम्रेकुनामा १५ शय्याको अस्पताल बनाउने योजना अन्तिम चरणमा पुगेको गाउँपालिकाले जनाएको छ ।

अस्पताल भवन निर्माण गर्न स्थानीय तीन जना दाताले १३ कठ्ठा जमिन उपलब्ध गराएको गाउँपालिकाका अध्यक्ष विदुर हुमागाईंले जानकारी दिनुभएको छ । संघीय सरकारले एक स्थानीय तहमा एक अस्पताल स्थापना गर्ने योजना ल्याएसँगै गाउँपालिकाले अस्पताल निर्माणका लागि चालू आर्थिक वर्षमा ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । अस्पताल निर्माण गर्न ५ करोड रुपैयाँ लाग्ने गाउँपालिकाको जनाएको छ ।