Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

देशभरमै उदाहरणीय काम गर्ने मकवानपुर शिक्षक संगठन बधाइको पात्र – २ महने तालिम समापन

Company Register

Advertisement

नेपाल राष्ट्रिय शिक्षक संगठन मकवानपुरले लकडाउनलाइ सदुपयोग गर्दै शुरु गरेको २ महिने अनलाइन शिक्षक प्रशिक्षण कार्यक्रमको समापन तथा मकवानपुरका १० वटै स्थानीय तहका सरकार प्रमूख संग अन्तरक्रिया आज सम्पन्न भएको छ ।

लकडाउनमा पनि शिक्षकहरुको पेशागत विकासलाइ सक्षम र सवलीकरण गर्दै शिक्षक संगठन मकवानपुर देशभरमै अब्बल देखिएको टिप्पणी सर्वत्र आइरहेको संगठन राष्ट्रिय तथा प्रदेश कमिटिको टिप्पणी रहेको छ । संगठन मकवानपुरले शिक्षक संगठनको ऐतिहासिक विरासतलाइ कायम राखेको मात्र नभइ विषम परिस्थितिमा पनि शिक्षकको पेशागत दक्षता अभिबृद्धीमा सरकारलाइ नै चुनौती दिएको प्रदेश कमिटी अध्यक्ष नीरबहादुर कार्कीले बताउनुभयो । देशभरका बिभिन्न जिल्लाबाट सहभागी नेतृत्वहरुले संगठन मकवानपुरको खुलेर तारिफ गरेको संगठन प्रचार विभाग प्रमूख सुनिल गौतमले बताउनुभयो ।

शिक्षक संगठन मकवानपुरले लकडाउनको २ महिना सम्म निरन्तर आफू मातहत निकायबाट समेत देशमै सबैभन्दा बढी समय तालिम सञ्चालन गरेको हो । मकवानपुर जिल्ला समितिले १ महिना, हेटौंडा उपमहानगरपालिकाले ५ दिन, त्यसैगरी महिला विभागले एक हप्ता, थाहा नगर कमिटीले ५ दिन त्यसैगरी शिक्षक हीत बचत तथा ऋण सहकारीले ५ दिन र संगठन संस्थागत विद्यालय विभागले ५ दिन तालिम सञ्चालन गरेको हो । यसरी ५८ औं दिन कार्यक्रम गरेको संगठन मकवानपुरले ५९ औं दिन सचिवालय अभिलेखीकरण भौतिक बैठक र अन्तिम दिन २ महिने समापन तथा जिल्लाभरका स्थानीय सरकार प्रमूख संगको अन्तरक्रिया कार्यक्रम आयोजना गरेको हो ।

संगठन राष्ट्रिय समिति अध्यक्ष लक्ष्मण शर्माको प्रमूख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मकवानपुर अध्यक्ष श्रीराम दाहालको अध्यक्षता रहेको थियो । मकवानपुर सहसचिव प्रतिमा गौतमले सञ्चालन गर्नुभएको कार्यक्रममा राष्ट्रिय समिति कोषाध्यक्ष बिष्णु भण्डारी सदस्य पद्मा पौडेल राष्ट्रिय परिषद सदस्य रमेश लामीछाने सुन्दरी घिमिरे खतिवडा राष्ट्रिय समिति सदस्य पद्मा पौडेल प्रदेस अध्यक्ष नीर बहादुर कार्की सचिवालय सदस्य मोहन शर्मा पूर्ण पूरी सदस्यहरु सीतादेवी खनाल पार्वती खनाल मकवानपुर उपाध्यक्ष लक्ष्मी गजुरेल कोषाध्यक्ष जयप्रसाद पोखरेल सहकोषाध्यक्ष चन्द्रादेवी लामा वल लगायतको उपस्थिती रहेको थियो ।

त्यसैगरी कार्यक्रममा रसुवा अध्यक्ष मोचनाथ न्यौपाने उपाध्यक्ष आङ मायँ शेर्पा पर्वत अध्यक्ष चिरञ्जीवि अधिकारी अछाम उपाध्यक्ष गीता ढुङ्गाना धादिङ उपाध्यक्ष देव कुमारी दनै सदस्य सरस्वती पण्डे मणीराम छतकुली मकवानपुर सचिवालय सदस्य कृष्ण पौडेल प्रचार विभाग प्रमूख सुनिल गौतम मकवानपुर गढी पालिका अध्यक्ष शीव प्रसाद लामिछाने हेटौंडा नगर अध्यक्ष मुकुन्द न्यौपाने थाहा नगर अध्यक्ष रमेशमान डंङ्गोल बकैया अध्यक्ष हरिहर खनाल लगायतको उपस्थिती रहेको थियो ।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...