मकवानपुरका जारी निषेधाज्ञालाई थप जेष्ठ १३ गतेसम्म लम्व्याएको छ । मकवानपुरको चार स्थानीय तहमा पहिलो चरणको निषेधाज्ञा भोली शुक्रबारसम्मलाई तोकिएको थियो । बुधबार हेटौंडामा बसेको बैठकले जिल्ला कोभिड १९ व्यवस्थापन केन्द्र ९डिसिसीएमसी०ले दोस्रो चरणको निषेधाज्ञा जेष्ठ १३ गते सम्म लम्व्याउने प्रस्ताव गरेको थिए आज बिहिबार बसेको बैठकले जिल्लाभर निषेधाज्ञा गरिने निर्णय गरेको हो ।

निषेधाज्ञा थप कडाईका साथ अत्यावश्यक उपभोग्य वस्तु विहान ८ बजे सम्म खुल्ने, नगरभित्रका बैंकहरु साताको दुई दिन मंगलबार र शुक्रबार खोल्ने, वित्तिय– सहकारी संस्था भने पूर्णरुपमा बन्द गरिनुपर्ने जस्ता निर्णय गरिएको छ ।

यस्ता छन् निर्णयहरु

No description available.

No description available.