Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

हेटौंडा मेयर कप : उपाधिका लागि आज वडा नम्बर १० र १८ भिड्दै

Company Register

मकवानपुरको हेटौंडा उपहानगरपालिका वडा नम्बर ४ मा रहेको लोकतान्त्रिक चौर (हुप्रा)मा जारी मेयर कप फुटबल प्रतियोगिताको फाइनल खेल आज हुदैछ । आज दिउसो १ बजेबाट खेल सुरु हुने आयोजकले जनाएको छ । प्रतियोगितामा उपाधिका लागि साबिक बिजेता वडा नं.१० र वडा नं. १८ का बीच खेल हुनेछ । शनिबार भएको सेमिफाईनल खेलमा दुबै टोली ट्राइब्रेकरमा जित निकाल्दै फाइनलमा प्रवेश गरेको हो ।

Advertisement

वडा नं. १० वडा नं.१३ लाई ट्राइब्रेकरमा ४–१ गोल अन्तर पराजित गर्दै फाइनल प्रवेश गरेका थिए भने वडा नम्बर १८ वडा नं. ५ लाई ट्राइब्रेकरमा ५–४ गोल अन्तरले पराजित गर्दै फाइनल पुगेका थिए । नगर खेलकुद विकास समिति, हेटौंडा उपमहानगरपालिकाको आयोजनामा भएको प्रतियोगितामा हेटौंडाका १९ वडाबाट १९ टोलीले भाग लिएको थियो । प्रतियोगितामा विजेताले नगद दुईलाख रुपैयाँ, उपविजेताले नगद एकलाख ५० हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणापत्र प्राप्त गर्नेछन् । प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीलाई नगद दशहजार रुपैयाँ, उत्कृष्ट डिफेन्डर, मिडफिल्डर, गोलरक्षक, प्रशिक्षक तथा सर्वाधिक गोलकर्तालाई जनही पाँच–पाँच हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...