क्यारेबियन प्रिमियर लिग (सीपीएल) क्रिकेट अन्तर्गत पहिलो सेमिफाइनल खेलमा नेपाली लेग स्पीनर सन्दीप लामिछाने आवद्ध जमैका तलाबाज पराजित भएको छ । मंगलबार राति ब्रायन लारा क्रिकेट स्टेडियममा भएको खेलमा जमैका ट्रिनबागो नाइट राइडर्ससँग ९ विकेटले पराजित भएको हो । जमैकाले दिएको दिएको सामान्य १ सय ८ रनको लक्ष्य ट्रिनबागोले १५ ओभरमै १ विकेट गुमाएर पुरा गर्‍यो । ट्रिनबागोको जितमा लेन्ड्ल सिमोन्सले अविजित रहँदै ५४ रनको अर्धशतकीय इनिङ्स खेले ।

यस्तै टिओन वेब्स्टर ४४ रनमा अविजित रहे । सुनिल नारिन ४ रनमा आउट भए । जमैकाका मुजिब उर रहमानले १ विकेट लिए । नेपाली लेग स्पीनर सन्दीपले ४ ओभर बलिङ गर्दै २९ रन खर्चिए । तर, सन्दीप विकेट लिन असफल भए । सन्दीपले यस सिजन ११ खेलमा कुल १२ विकेट लिन सफल भए । अब ट्रिनबागोले उपाधिका लागि गुएना अमेजन वारियर्स र सेन्ट लुसिया जोउक्सबीचको विजेतासँग खेल्नेछ । गुएना र सेन्ट लुसियाबीचको खेल बुधबार हुनेछ । फाइनल खेल बिहीबार हुनेछ ।