नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार २८७ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण निको हुनेको संख्या हालसम्म ३२ हजार ९६४ पुगेको छ । उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो । कोरोनाका कारण थप ६ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा मृत्यु हुनेको संख्या ३०६ पुगेको छ ।