Comments Add Comment

पोखरा विमान दुर्घटना : सनाखत भएको शव आज परिवारलाई बुझाइने

पोखरामा यती एयरलायन्सको विमान दुर्घटनामा परेर मृत्यु भएकाको शव आज परिवारलाई बुझाइने भएको छ। सनाखत भएका शव आज बिहान ९ बजेपछि बुझाइने भएको हो। दुर्घटनामा परेर मृत्यु भएका २३ जनाको सनाखत भएको छ। ५९ जनाको शव पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएको छ। तीन जनाको शव निकाल्नलाई भने कठिन भइरहेको छ।

एटिआर–७२ उक्त जहाजमा ६८ जना यात्रु र चालक दलका चार जना सवार रहेको यति एयरलाइन्सले जानकारी दिएको छ। ९ एन एएमसी कल साइनको उक्त जहाज काठमाडौँबाट १० बजेर ३३ मिनेटमा उडेको थियो। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको टावरबाट १० बजेर ५५ मिनेटमा सेती खोंचमा सम्पर्क रहेको यति एयरलायन्सले जानकारी दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर