Comments Add Comment

थाहा फाटो प्रर्दशनीमा महेश बर्तौलाको अवलोकन : पर्यटन प्रर्वद्धनमा भुमिका खेल्ने प्रतिवद्धता

शुक्रवारदेखि काठमाडौँकोे बसन्तपुर (काल भैरव) डबलीमा मा शुरु भएको थाहा फोटो प्रर्दशनी ०७९ मा मकवानपुर प्रतिनिधि सभा क्षेत्र नम्वर– २ नेकपा एमाले तर्फका उम्मेद्वार महेश कुमार बर्तौलाले अवलोकन गरेका छन् । थाहा नगरका फोटो ग्राफर गणेश विष्टको निमन्त्रणामा आज काठ्माण्डौमै पुगेर बर्तालाले अवलोकन गरेका हुन् ।

अवलोकनमा क्रममा उनले आफ्नो क्षेत्रको पर्यटन प्रवद्धनमा महत्वभुमिका खेल्ने बताए । बर्तौलाले निर्वाचनपछि आफुले विशेषगरी चित्लाङ् चन्द्रागिरीहुँदै थाहा जोड्ने सडकलाई स्तरिकरण गरेर काठ्माण्डौ , भक्तपुर , ललितपुर लगायतका ठाउँको आन्तरिक पर्यटनहरुलाई थाहानगर भित्रयाउने प्रतिवद्धता व्यक्त गरे । उनले थाहाको नगरको चित्लाङ र थाहाको दामन , पालुङ , बज्रबाराहीसहितको कैलाश गाउँपालिकाको कैलाश बैकुण्ठ भिमफेदीको मैत्री बगैचाँ बाह्रघुम्तीहुँदै भिमफेदीको एतिहासिक महत्व पुगेको अमेरिकन फौजहरुसँग लडेर देखाएको चिसापानीगढीको क्षेत्र र ईन्द्रसरोवर गाउँपालिको ताललाई पर्यटन बनाएर अघि बढ्ने बताए ।

No description available.

शुक्रवार नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री जीवनराम श्रेष्ठले उद्धघाटन गरेको प्रदर्शनीमा थाहा र ईन्द्रसरोबरका करिव एक सय तस्विरहरु रहेका छन् । नेपाल पर्यटन बोर्डले प्रबर्धन गरेको फोटो प्रदर्शनीको ब्यवस्थापन फरक सोचले गरेको छ । प्रर्दशनि कात्तिक २० गतेसम्म हरेक दिन बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म अवलोकन गर्न सकिने छ ।

0
Shares

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

test
Advertisment

छुटाउनुभयो कि? सबै