नेपालको विभिन्न जिल्लामा गरी थप ९०२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यो सँगै संक्रमितको संख्या ४८ हजार १३८ पुगेको छ । थपिएका संक्रमित मध्ये ३०७ जना महिला र ५९५ जना पुरुष रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले मंगलबार नियमित प्रेस ब्रिफिङमा उक्त जानकारी दिएका हुन् ।