मकवानपुरमा मंगलबार थप २४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमण हुनेमा हेटौंडा उपमहानगरपालिका क्षेत्रका २२ जना र मकवानपुर गढीका एक जना रहेको हेटौँडाका जनस्वास्थ्य निरिक्षक भोला चौलागाईले जानकारी दिएका छन् । संक्रमित मध्येमा १२ जना पुरुष र १२ जना महिलामा संक्रमण पुष्टि भएको हो । मंगलबार संक्रमण पुष्टि भएका २४ मध्य हेटौंडा बस्ने जिल्ला बाहिरका १ जना रहेका छन् ।