मकवानपुर २३ भदौ । फोटो पत्रकार समूह मकवानपुरले सल्लाहकारमा पत्रकार रुपेश दुलाललाई मनोनित गरेको छ ।

हिजो सोमबार बसेको समूहको पहिलो कार्यसमिति बैठकले सल्लाहकारमा दुलाललाई मनोनित गर्ने निर्णय गरेको हो ।

सल्लाहकार दुलाल प्रेस युनियन मकवानपुरका निर्वतमान अध्यक्षसमेत हुन् । उनी मकवानपुरमा रही स्थानीय तथा राष्ट्रिय संचार माध्ययका लागि काम गर्छन् ।

दुलाल संगै समुहको सल्लाहकारमा रामसरण दुलाल, धु्रव अधिकारी र शिवकुमार काँसी रिजाल छन् ।

त्यसैगरी समूहले नेपालीहरुको महान पर्व विजया दशमीको अवसर पारेर चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम गर्ने समेत निर्णय गरेको समूहका अध्यक्ष कपिल खड्काले जानकारी दिए ।

चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रमको संयोजनका लागि समूहका सह–सचिव उज्वल अधिकारीलाई जिम्मेवारी दिइएको समूहका अध्यक्ष खड्काले जानकारी दिए ।