मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नंम्बर ३ मक्रान्चुलीमा रहेको भानु माध्यमिक विद्यालयको ४४ औँ बार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको छ । मकवानपुरगढि गाउँपालिका वडा नंम्बर ३ का वडा अध्यक्ष भागबत घिमिरेको प्रमुख आतिथ्यता तथा विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष मानकुमारी पाख्रिनको सभा अध्यक्षता र मकवानपुरगढि स्रोत शिक्षक दशरथि उपाध्यायको बिषेश आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा स्वागत मन्तब्य बिद्यालयका प्रधानाध्यापक राजेन्द्र थापाले गरेका थिए । कार्यक्रममा विविध बिधामा उकृष्ठ बिद्यार्थिहरुलाई पुरस्कृत गरिनुका साथै शिक्षक स्तरिय खेलकुद कार्यक्रमका प्रथम र द्वितिय स्थान हासिल गर्ने शिक्षकलाई पनि पुरस्कृत गरिएको थियो ।