हेटौंडा उपमहानगरपालिका वडा नंम्बर १५ मा रहेको विश्वज्योति आधारभुत विद्यालयका २६५ जना विद्यार्थीहरुलाई विद्यालय पोसाक वितरण गरिएको छ । द सन अफ लाईट संस्थाले विद्यालयमा अध्ययरत ईसिडिदेखी ८ कक्षा सम्मका गरिब तथा जेहनदार विद्यार्थीहरुलाई विद्यालय पोसाक वितरण गरेको हो ।

May be an image of 1 person, standing and outdoors

एक कार्याक्रमको बीच बागमती प्रदेशको सामाजिक विकास मन्त्री कुमारी मोक्तानको प्रमुख आतिथ्यतामा विद्यार्थीहरुलाई विद्यालय पोसाक वितरण गरिएको संस्थाका जिल्ला अध्यक्ष कमलचन्द्र सुमनले जानकारी दिए । कार्यक्रममा राजु गुरुङ,विवेक शाही,प्रदिप अर्याल,लिलाकुमार घलान,विरमान घलान लगाएतको सहभागिता रहेको थियो ।