Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

ननिदाएका शिक्षक कार्यक्रमको सातौं श्रृंखला सम्पन्न

कार्यक्रम हेरेपछि थाहा भयो शिक्षकहरु दौडिएका पनि रैछन- डा हरि लम्साल

Company Register

नेपाल राष्ट्रिय शिक्षक संगठन राष्ट्रिय समितिको परिकल्पना तथा जिल्ला समिति मकवानपुरको संयोजनमा कार्यक्रम ननिदाएका शिक्षकहरुको सातौं श्रृंखला शुक्रबार सम्पन्न भएको छ । कार्यक्रममा तनहुँ जिल्लाको खैरहनी माविले गरेको नमूनालायक विषयवस्तु समावेश गरिएको आयोजक मकवानपुर जिल्ला शिक्षक संगठन अध्यक्ष श्रीराम दाहालले बताउनुभएको हो ।

प्रत्येक शुक्रबार बेलुकी आठ बजे फेसबुक पेज ननिदाएका शिक्षकहरु र अनलाईनपत्र यूट्यूब च्यानलबाट एकैसाथ प्रशारण हुने कार्यक्रममा यसपटक तनहुँको खैरहनी माविको विषयवस्तु समेटिएको हो । कार्यक्रमको सातौं श्रृंखलामा प्रमूख अतिथिको भूमिकामा नेपाल राष्ट्रिय शिक्षक संगठन राष्ट्रिय समिति पूर्व अध्यक्ष बाबुराम अधिकारी रहनुभएको थियो भने समीक्षकका रुपमा वागमती प्रदेश मूख्यमन्त्री कार्यालयका सचिव डा हरिप्रसाद लम्साल रहनुभएको संगठन मकवानपुर जिल्ला प्रचार विभाग प्रमूख सुनिल गौतमले बताउनुभयो । कार्यक्रममा कला साहित्य र संगीतका क्षेत्रमा बिशिष्ठ योगदान पुर्याउने एकजना ब्यक्तित्वलाई विशेष अतिथिका रुपमा निम्त्याईने गरिएकोमा यसपटक भने कवि एवम् बरिष्ठ प्रस्तोता डा नवराज लम्साललाई निम्त्याईएको अध्यक्ष दाहालले बताउनुभयो ।

Advertisement

तनहुँ खैरहनी माविको प्रस्तुतीपछि संक्षिप्त कुराकानीमा विद्यालयका प्रधानाध्यापक केशवराज घिमिरे, विद्यालय ब्यवस्थापन समिति अध्यक्ष बुद्धिबहादुर थापा, शिक्षक दीपक भण्डारी, त्यसैगरी विद्यार्थी द्वय करुणा वाग्रले र प्रशन्नराज घिमिरे, अभिभावक  कमल वाग्लेले भाग लिनुभएको थियो । कार्यक्रममा प्रमूख अतिथि नेपाल राष्ट्रिय शिक्षक संगठन राष्ट्रिय समितिका पूर्व अध्यक्ष बाबुराम अधिकारीले शिक्षकहरुप्रति लागेको आरोपको खण्डनका निम्ति कार्यक्रम वास्तवमै सफल रहेको बताउनुभएको हो ।

लामो समयसम्म शिक्षा मन्त्रालय र मातहत निकायमा सेवारत कार्यक्रमका विशेष अतिथि वागमती प्रदेश मूख्यमन्त्री कार्यालयका सचिव डा हरिप्रसाद लम्सालले कार्यक्रममा बोल्दै कार्यक्रमले राज्यलाई नै झकझक्याएको प्रतिक्रिया दिएका थिए । वास्तवमा जागरुक शिक्षकहरुको प्रयासबाट नै अबको शिक्षा निर्देशित हुनुपर्नेमा वहाको जोड रहेको थियो । वहाले भन्नुभयो-  कार्यक्रम हेरेपछि लाग्यो वास्तवमा शिक्षकहरु निनदाएका मात्र हैनन् कि दौडिएका नै रैछन् । विशेष अतिथि गीतकार एवम् कवि, वरिष्ठ प्रस्तोता डा नवराज लम्सालले राम्रा शिक्षकसंगको आफ्नो अनुभूती साटासाट गर्दै वास्तवमा यस्तो कार्यक्रमले आफ्नो शिक्षण जीवनलाई स्मरण गराएको प्रतिक्रिया दिनुभएको हो । समाजको ऐना भनेको नै शिक्षा र साहित्य भएकोले राम्रो समाज नियाल्दा शिक्षा र साहित्यको उर्वर विकास भएको देखिनुपर्छ तवमात्रै समून्नत समाजको परिकल्पना साकार हुन्छ- लम्सालले भन्नुभयो ।

कार्यक्रम ननिदाएका शिक्षकहरु, प्रतिकूल परिस्थितिमा पनि अनुकूल कार्य गर्न सक्षम शिक्षकका सकरात्मक अभ्यासलाई उजागर गर्ने कार्य भएकोले देशभर रहेका त्यस्ता सकरात्मक अभ्यासलाई कार्यक्रमको विषयवस्तु बनाईने परिकल्पनाकार एवम् नेपाल राष्ट्रिय शिक्षक संगठन राष्ट्रिय समिति अध्यक्ष लक्ष्मण शर्माले बताउनुभयो । शर्माले देशभर रहेका संगठन जिल्ला कमिटिबाट त्यस्ता कार्यक्रमहरु भिडियोका रुपमा प्राविधिक उपसमितिलाई प्राफत भईरहेको पनि जानकारी दिनुभयो । कार्यक्रम मकवानपुर जिल्ला समितिले प्रत्येक शुक्रबार बेलुकी आठबजे प्रस्तुत गर्ने गरेको छ । कार्यक्रम नेपाल राष्ट्रिय शिक्षक संगठन मकवानपुर जिल्ला प्रचार विभाग प्रमूख सुनिल गौतमले सञ्चालन गरेका हुन् ।

भिडियो हेर्नुहोस्

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...