जनप्रिय मावि हेटौंटा १६ ले आज विद्याकी देवी सरस्वती माताको पूजा आराधना सहित अक्षरारम्भ कार्यक्रम सम्पन्न गरेको छ । हेटौंडा १६ का वडाध्यक्ष रामकृष्ण कोईरालाको प्रमूख आतिथ्यता तथा वडा नं ६ का अध्यक्ष विष्णु प्रसाद दाहालको विशेष आतिथ्यतामा अक्षरारम्भ कार्यक्रम सम्पन्न गरिएको हो ।
विद्यालयले व्यवस्थित रुपमा सञ्चालनमा ल्याएको प्रारम्भिक बाल सिकाइ केन्द्रमा शैक्षिक वर्ष ०७९-०८० का लागि आजैबाट अक्षरारम्भ कार्यक्रम शुरु गरिएको प्रधानाध्यापक भुपेन्द्र चौलागाईले बताउनुभयो । आजकै दिनमा ३० जना बालबालिकाले विद्यालयमा नाम दर्ता गराएको सहायक प्रअ रामआशिष मण्डलले जानकारी दिनुभयो । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रमेश खतिवडा, सदस्य कृष्ण प्रसाद पनेरु, डा. विजय नेपाल, शिक्षक, विद्यार्थी तथा अभिभावकहरुको सहभागिता रहेको थियो ।
यसैबीच सरस्वती पूजाकै अवशरमा दिव्य सेवा निकेतन हेटौंडाले आज आयोजना गरेको जेष्ठ ‘नागरिकको संरक्षण र हेरचाहमा राज्यको भूमिका’ विषयक माध्यमिक तह स्तरिय वक्तृत्वकला प्रतियोगितामा जनप्रिय माविले दोस्रो स्थान हासिल गरेको छ । अंग्रेजी माध्यम कक्षा १० मा अध्षययनरत छात्रा समीक्षा क्षेत्रीले दोस्रो स्थान हात पार्न सफल भएकी हुन् ।