Comments Add Comment

कोरोना- एक पराक्रम

कोरोना- एक पराक्रम

 

बढ्दै छ कोरोना दिनप्रतिदिन
लासहरुको हाटबजार
असावधानीका पसल पसलहरुमा
देखिरहेको छु ग्राहक र विक्रेताहरुको भिड ।

ताल्चा लगाईएका शिक्षालयहरु
शायद रुदैनन् अचेल
सरकारका गुलिया प्यालाहरुमा
घोलेर केही आँसुको बुँद
निर्माण गरिरहेछ विज्ञान
कोरोनाको अचुक ईन्जेक्सन ।

समय प्रदर्शन गरिरहेको छ आफ्ना बत्तिसे
अघोषित समयकै जेलमा
कैद छन् केही मान्छेजस्तै देखिने ढुङ्गाहरु

मान्छे बन्ने यत्नमा छन् केही ढुङ्गाजस्तै देखिने मान्छेहरु ।

त्रासदीको प्याकेट
होम डेलीभरी गर्छ सामाजिक सञ्जाल
र पनि कहालिदैन झुप्रा वस्ती
किनकी बगरमा कहिल्यै
जोडिदैन ईन्टरनेट बालूवासंग
फगत
निडर बाँचिरहेछ वालूवा

कायर बाँचिरहेका छन् महलहरु ।
———-
कक्षा १०
श्री सिद्धार्थ मावि हेटौंडा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर