आँचलको सचेतनामुलक तीज विशेष कार्यक्रम सम्पन्न

अनलाइन पत्र संवाददाता२०७७-०४-३१ No Comments

मिस नेपाल  2018: सृंखला खतिवडा

आँचल साहित्य कला पुञ्ज मकवानपुरले सचेतनामुलक तीजविशेष कार्यक्रम गर्ने सन्दर्भमा लेखक तथा अभियन्ता राधा पौडेलको पुस्तक अपवित्र रगतमाथि चर्चा तथा महिनावारी केन्द्रित बहस साउन ३१ गते शनिवार आयोजना गरेको छ ।

भर्चुअल माध्यमबाट भएको उक्त कार्यक्रममा लेखक राधा पौडेल र सहजकर्ता तथा आँचलकी सचिव भावना सापकोटाबीच बहस भएको थियो । महिनावारीको विषयमा भएको बहसमा पौडेलले नेपाली समाज निकै पछाडि रहेको , छुइप्रथाका कारण महिलाहरू सहज ढङ्गले अगाडि बढ्ने वातावरण समाजले निर्माण गर्न नसकेको र त्यसलाई चिर्न महिलामा आँट जरुरी रहेको र पुरुषको साथसहयोग अनिवार्य रहेको बताउनु भएको थियो । उहाँले सो सन्दर्भमा महिलाहरू स्वास्थ्य सचेततामा सधैँ अग्रसर हुनुपर्ने र समाज तथा राष्ट्रले महिलामैत्री व्यवहार प्रदर्शन गर्नुपर्ने बताउनु भयो । पौडेल ‘खलंगामा हमला ‘ पुस्तकको लागि मदन पुरस्कार बिजेता लेखक पनि हुनुहुन्छ ।

आँचलको आयोजनामा भएको सो कार्यक्रममा कवि टीका आत्रेयले ‘सृष्टि मसी’ शीर्षकको कविता पढ्नुभएको थियो भने पूर्व मिस नेपाल तथा मर्यादित महिनावारीकी अभियन्ता शृङ्खला खतिवडाले नेपाली महिलाहरूको महिनावारी सम्मानित हुन नसकेको र यसरी पिछडिएको समाज परिवर्तन हुनुपर्ने बताउनु भएको थियो । आँचलकी सहसचिव नीरा शर्माले समीक्षकीय टीप्पणी राख्नुभएको सो कार्यक्रमको सञ्चालन सविता तिमल्सिनाले गर्नुभएको थियो । आँचल कोषाध्यक्ष शुभद्रा हुँममगाईँले स्वागत मन्तव्य राख्नुभएको उक्त कार्यक्रममा आँचलकी कार्यवाहक अध्यक्ष अनिता न्यौपानेको सभाध्यक्षतामा रहेको थियो । कार्यक्रममा मकवानपुरका स्थानीय निकायका उपप्रमुखहरूको सहभागिता रहेको थियो भने प्रमुख आतिथ्यता जिल्ला समन्वय समितिका उपप्रमुख भगवती पुडासैनीको रहेको थियो ।

 

Ad
Ad