बागमती प्रदेशको राजधानी हेटौंडामा आजबाट १ सय ५० करोडको लगानीमा २० औँ भाटभटेनी सुपर स्टोर संचालनमा आएको छ । बुधबार एक कार्यक्रमको आयोजना गरि भाटभटेनी सुपर मार्केटका अध्यक्ष मीन बहादुर गुरुङले विधिवत रुपमा शुभारम्भ गरेका छन् । सुभराम्भको अवसरमा सुपर मार्केटका अध्यक्ष तथा प्रबन्ध निर्देशक गुरुङले देशका मुख्य शहरहरुमा विस्तार गर्ने अभिायन अन्तर्गत हेटौंडामा २० औं सुपर मार्केटको शुभारम्भ गरेको छ ।

May be an image of 7 people and outdoors

स्वदेशमै अन्तराष्ट्रिय स्तरको सपिङ सुविधाको अनुभव गराउनुका साथै धेरै युवाहरुलाई रोजगार प्रदान गर्ने र आयबाट सामाजिक सेवा पनि गर्ने उद्देश्यले व्यवसायलाई प्रवद्र्धन गर्दै अगाडि बढेको अध्यक्ष गुरुङले बताए । सुपर मार्केट शुभराम्भको पहिलो दिन ग्राहकको बाक्लो उपस्थिति रहेको थियो । हेटौंडा –१ चौकी टोलमा खरिद गरिएको १४ कठ्ठा ५ धुर जग्गामा स्टोरको २ वटा बेसमेन्टसहित ८ तले भवनमा निर्माण भएको भाटभटेनीका व्यवस्थापक विनोद भट्टराईले बताए । भवनको कुल क्षेत्रफल १ लाख ३४ हजार वर्गफिट छ । स्टोरको भुइँतल्लामा खाद्यान्न, फलफूल, हरियो तरकारी, फ्रोजन आइटम, हाउस होल्डका सामान र मन्जन–टुथ ब्रस लगायतका कस्मेटिक सामग्री राखिएको छ । यही तलामा केएफसीको आउटलेट रहेको छ ।

May be an image of balloon, footwear and indoor

त्यस्तै पहिलो तलामा किचनवेयर, भाँडाकुँडा, बालबालिकाका खेलौना र कस्मेटिक सामग्री राखिएको छ । यही तलामा पेपे पिज्जाको आउटलेटसमेत समेत राखिएको छ भने यस तलामा ६ वटा काउन्टर रहेको छ । दोस्रो तलामा महिला र पुरुषका तयारी गार्मेन्ट, सारी, कुर्ता लगायतका पहिरनका सामग्रीका लागि छुट्याइएको छ । यस तलामा न्यू ब्यालेन्स, एनबी, फिला, स्केयर्स र युएस पोलोजस्ता विश्वप्रसिद्ध ब्रान्डेड कम्पनीका तयारी कपडाहरु पाईन्छ । तेस्रो तलामा जुत्ताचप्पल लगायतका फुटवेयर छ भने यही तलामा टीभी, फ्रिज, वासिङ मेसिन, माइक्रो ओभन, भ्याकुम क्लिनर जस्ता इलेक्ट्रोनिक्स सामग्री राखिएको छ । चौथो तलामा क्यू एन्ड यु कम्पनीका फर्निचर राखिएको छ । पाँचौं तलामा तत्कालका लागि खालि हल छ । यही तलामा स्टोरको प्रशासनिक र व्यवस्थापकीय कार्यालय पनि राखिएको छ । सुभारम्भको अवसरमा सबै किसिमका सामानहरुको खरिदमा १० नगद प्रतिशत छुट तथा सम्पूर्ण ईलेक्ट्रोनिक्स सामानहरुमा २० प्रतिशत छुटका साथै निःशुल्क डेलिभरी समेत दिइने भएको छ ।