भारतीय सेना प्रमुख विपिन रावतको हेपिकप्टर दुर्घटनामा निधन भएको छ । बुधबार दिउँसो तमिलनाडूमा भएको हेलिकप्टर दुर्घटनामा रावत र उनकी पत्नी मधुलिकासहित १३ जनाको मृत्यु भएको भारतीय वायु सेनाले जनाएको छ ।

हेलिकप्टरमा १४ जना सवार थिए । बुधबार दिउँसो भारतीय वायु सेनाको एमआई–१७बी५ हेलिकोप्टर तमिलनाडूको कुन्नुरमा दुर्घटनाग्रस्त भएको थियो । हेलिकप्टरमा रावतसहित उनकी पत्नी मधुलिका रावत, ब्रिगेडियर एलएस लिड्डर, लेफ्टिनेन्ट कर्नेल हार्जिन्दर सिंह, पीएसोहरू एनके गुर्सेवक सिंह, एनके जितेन्द्र कुमार, एलरएनके विवेक कुमार, एलरएनके बी साइ तेजा र हाव सत्पाल सवार थिए ।