चार दिनसम्म मनाइने छठपर्वको चौथो दिन आज बिहान विभिन्न जलाशयमा उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै छठपर्व सम्पन्न भएको छ। तराईका महोत्तरी, धनुषा, सप्तरी, मोरङ, सर्लाही, रौतहट, बारा, पर्सा लगायत मिथिलाञ्चल र देशभरिका अन्य क्षेत्रहरूमा श्रद्धापूर्वक यस पर्वको अन्त्य गरिएको हो।
सपत्नि पारिवारिक सुख, समृद्धि, रोग मुक्तिका लागि मनाइने यस पर्वमा पोखरी, नदी, तालाउहरूमा भक्तजनहरूको भीड लागेको थियो।
बर्तालुहरूले सूर्योपासनाको प्रारम्भ अस्ताउँदो सूर्यलाई अघ्र्य अर्पण गरेर गरेका थिए।