
सप्तरीमा भारतीय चोरहरुको हातबाट आठ वर्षीया बालिका फुत्किन सफल भएकी छन्। मोरङको डाडर बैरीया गाउँपालिका–५ का संजय शर्माकी छोरी आँचल शर्मालाई भारतीय चोरहरुले बोरामा राखेर लैजाँदै गर्दा स्थानीयको सहयोगमा प्रहरीले मुक्त गरेको छ।
बच्चा चोर्न आएका दुईजनालाई प्रहरीले पक्राउ गरेको छ।सप्तरीको हनुमाननगर कंकालिनि नगरपालिका–९ हनुमाननगर बजार रहेका मामा अमित शर्माको घरको आँगनमा खेलिरहेकी बालिकालाई चोरहरुले बोरामा हालेर साइकलमा लैजान लागेका थिए।
जुरबुवाको श्राद्धमा आएकी बालिकालाई चोरहरुले जवर्जस्ती उठाएर लग्न लागेको देखेपछि बालिकाकी हजुरआमा साबित्री देबी शर्माले हो–हल्ला गरेकी थिइन्।
प्रहरीले बालिका चोर भारत बिहार जिल्ला सुपौल ग्राम बथनाहा वडा नं१८ बस्ने उमेश गोसाईको छोरा अंन्दाजी वर्ष २० को आनन्द कुमार गोसाई र सोही ग्राम–४ बैरियाघाट बस्ने नरेश झाको छोरा अन्दाजी वर्ष १८ को अनिल कुमार झालाई पक्राउ गरेको छ।
उनीहरुको साथबाट साईकल १ थान र पलाष्टीको ३ वटा बोरा समेत बरामद गरेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
Tags
No tags
About the Author
Related Articles
कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा
Trending News

Primary Sidebar Widget Area
Recent Posts
Categories
Newsletter
Subscribe to our newsletter for the latest updates and news.






