नेपाल चेम्बर अफ कमर्शका केन्द्रीय अध्यक्ष राजेन्द्र मल्लले नेपालको आर्थिक अवस्था उच्च बनाउन स्थानीय कच्चा पदार्थको उच्चतम प्रयोग गरेर उद्योग स्थापना गरी आम्दान बनाउने तथा स्वदेशमै युवालाई रोजगारी दिने खालका उद्योग तथा कृषि कार्य गर्न सुझाएका छन् । बुधबार चेम्बर्स अफ कमर्श मकवानपुर शाखाले आयोजना गरेको ब्यवसायी भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रीय अध्यक्ष मल्लले सुझाव दिएका हुन् ।

अध्यक्ष मल्लले हाल देशभरमा संस्थाको ७० वटा शाखा गठन भईसकेको र उक्त शाखालाई थप बलियो बनाउन समूह समूह बनाएर थप काम गर्न र रोजगारी दिलाउन सुझाएका हुन् । ‘हामी ठूला ठूला उद्योग स्थापना गर्न नसकेता पनि सानो स्केलबाट काम सुरु गरेर थप केही आर्थिक उपार्जन गरेर केही प्रतिशत सामाजिक क्षेत्रमा खर्च गरेर ब्यापारीहरु नाफा कमाउने नभई समाजमा पनि केही गर्ने पहिचान बनाउन चाहन्छौं । उनले भने ।

मकवानपुर चेम्बर अफ कमर्शको जिल्ला अधिवेशनको पुर्व सन्ध्यामा भएको ब्यवसायी भेटघाट कार्यक्रम जिल्ला अध्यक्ष बिजयकुमार श्रेष्ठको सभाध्यक्षता बसेको थियो । कार्यक्रमलाई नेपाल चेम्बर अफ कमर्शका केन्द्रीय सदस्य तथा वाणिज्य सभापति निरज राई, बागमती प्रदेश अध्यक्ष सिद्धिलाल श्रेष्ठ, चेम्बर अफ कमर्श प्रदेश २ का उपाध्यक्ष सीता के।सीले नेपाल सरकारले ब्यवसायीलाई मित्रवत् ब्यवहार गर्न आग्रह गरेका थिए । भेलाले आगामी जिल्ला अधिवेशनका लागि आवश्यक तयारी भईरहेको महासचिव रबिन्द्र घिमिरेले जानकारी गराए । आगामी साधारण सभामा मकवानपुरका अधिकांश ब्यापारीलाई आमन्त्रण गरिने उपाध्यक्ष कविन सांगामीले जानकारी दिए ।