
हेटौंडा । सिस्नुपानी नेपाल मकवानपुरले आफ्नो वार्षिक कार्यक्रमअन्तर्गत यस वर्ष पनि गाईजात्रा विशेष हास्यव्यङ्ग्य कार्यक्रम आयोजना गर्ने भएको छ। यो वर्षको कार्यक्रम भाद्र ४ गते हुनेछ।
संस्थाका अध्यक्ष संप्रस पौडेलका अनुसार समाजमा रहेका विकृति र विसङ्गतिहरूलाई व्यङ्ग्य गर्दै आएको यस संस्थाले एक दर्जनभन्दा बढी कलाकारहरूको प्रस्तुति समावेश गर्नेछ। कार्यक्रम हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ को प्रवर्धनमा ओम्याक्स सिनेमा हलमा हुनेछ।
संस्थाका सचिव सुमार्गी हुमागाईँले कार्यक्रममा प्यारोडी गायन, व्यङ्ग्य प्रहसन, नाच लगायतका विविध हास्यव्यङ्ग्यात्मक प्रस्तुतिहरू रहने जानकारी दिएका छन्।
प्रवर्धक वडाका अध्यक्ष नवीन सिग्देलले हास्यव्यङ्ग्यले कमजोरीहरूलाई सुधार्न प्रेरित गर्ने र जनताको आवाजलाई रमाइलो शैलीमा प्रस्तुत गर्ने बताए। उनले अघिल्ला वर्षहरूमा दर्शकको ठूलो सहभागिता रहेको भन्दै यस वर्ष पनि कार्यक्रमले थप चर्चा पाउने अपेक्षा व्यक्त गरे। कार्यक्रमको प्रवेश पासका लागि सिस्नुपानी संस्था वा वडा कार्यालयमा सम्पर्क गर्न सकिने उनले बताए।
सिग्देलले साहित्यको विकासमा गरिने लगानीले समग्र हेटौंडा र नेपालकै साहित्यिक क्षेत्रमा ठूलो टेवा पुग्ने बताए। उनले आफ्नो वडाले साहित्य लेखन कार्यशाला, रचना वाचन, प्रतियोगिता र साहित्यकार सम्मान लगायतका कार्यक्रमहरू गर्दै आएको र शिक्षामा पनि महत्त्वपूर्ण कदम चालेकाले शिक्षित जनसङ्ख्या भएको वडाको रूपमा परिचित रहेको जानकारी दिए। उनले अन्य वडाहरूलाई पनि यस्ता रचनात्मक काममा हातेमालो गर्न आह्वान गरे।
सिस्नुपानी नेपाल मकवानपुर, सिस्नुपानी नेपालको पहिलो जिल्ला शाखा हो। यसले यसअघि राष्ट्रव्यापी कविता प्रतियोगिता, देउसीभैलो, कार्टुन प्रदर्शनी, हास्यव्यङ्ग्यकार सम्मान लगायतका विविध कार्यक्रमहरू गर्दै आएको





