हेटौंडा । हेटौंडेली गीतकार श्यामकुमार बानियाँको नयाँ म्युजिक भिडियो  दोबाटोमा कुर्दा कुर्दै आज पनि साँझ पर्यो’ सार्वजनिक भएको छ । शुक्रबार हेटौंडामा एक कार्यक्रम आयोजना गरी यो गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको हो ।

कार्यक्रममा बोल्दै सङ्गीतकार लाल श्रेष्ठले स्थानीय कलाकारलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिए । उनले सङ्गीत, कला र संस्कृतिले देशको पहिचान दिने भएकाले यसको जगेर्ना गर्न सबैले माया गर्नुपर्ने बताए ।

श्यामकुमार बानियाँको शब्द रहेको यस गीतमा विष्णु अधिकारीले स्वर तथा सङ्गीत दिएका छन् । भिडियोमा अञ्जु मुक्तान र विजयकृष्ण श्रेष्ठको अभिनय देख्न सकिन्छ । छेगुन लामाले निर्देशन गरेको भिडियोको छायाङ्कन र सम्पादन भने महेन्द्र ओझाले गरेका हुन् ।

ओपाल रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको यो गीतको भिडियो हेटौंडाका विभिन्न स्थानमा छायाङ्कन गरिएको छ । युट्युबमा पनि उपलब्ध यो गीत बानियाँको दशौँ कृति हो । उनले ३ वर्षको अवधिमा १० वटा गीतहरू रचना गरिसकेका छन्, जसमा ३ वटा राष्ट्रिय गान, एउटा लोक-पप र एउटा आधुनिक गीत रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

तपाईको प्रतिक्रिया दिनुहोस्

लेखकको बारेमा

लेखक

अनलाइनपत्र संवाददाता

वरिष्ठ समाचार लेखक

​Onlinepatra.com एक नेपाली समाचार पोर्टल हो जसले राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार, राजनीति, प्रान्तीय अपडेट, मनोरञ्जन, खेलकुद, र थप विविध सामग्री प्रदान गर्दछ। यो प्लेटफर्म Online Patra Media Pvt. Ltd. द्वारा सञ्चालित छ, जुन हेटौडा, मकवानपुर, नेपालमा आधारित छ।

815 लेखहरू
5 years पहिले सदस्य
0 कमेन्टहरू