२०८२ साल भाद्र १ गते आइतवार, यस्तो छ तपाईंको आजको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

आज तपाईँको दिन राम्रो रहनेछ। रोकिएका कामहरु पूरा हुनेछन्। आर्थिक लाभ हुने सम्भावना छ। परिवारसँगको सम्बन्ध सुमधुर रहनेछ।

 

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

आज तपाईँले स्वास्थ्यमा विशेष ध्यान दिनुपर्नेछ। अनावश्यक खर्च बढ्न सक्छ। काममा केही चुनौतीहरू आउनेछन्, तर धैर्यका साथ अघि बढेमा सफलता मिल्नेछ।

 

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)

आजको दिन शुभ रहनेछ। नयाँ कामको थालनी गर्नका लागि समय अनुकूल छ। साथीभाइ तथा आफन्तबाट सहयोग प्राप्त हुनेछ। सामाजिक कार्यमा संलग्न हुने अवसर मिल्नेछ।

 

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

आर्थिक पक्षमा सुधार आउनेछ। व्यापार व्यवसायमा राम्रो प्रगति हुनेछ। नयाँ योजना बनाउनका लागि उत्तम समय छ। मन प्रसन्न रहनेछ।

 

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

आज तपाईँको आत्मविश्वास बढ्नेछ। करियरमा राम्रो अवसर मिल्नेछ। उच्च अधिकारीहरूसँगको सम्बन्ध सुध्रनेछ। प्रेम जीवनमा सुखद क्षणहरू आउनेछन्।

 

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

आज तपाईँले काममा बढी मेहनत गर्नुपर्नेछ। स्वास्थ्यमा सानोतिनो समस्या देखिन सक्छ। यात्रा गर्दा सावधानी अपनाउनुहोस्। अनावश्यक विवादबाट टाढा रहनुहोस्।

 

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

आज तपाईँलाई धन लाभ हुने योग छ। लगानी गर्नका लागि समय अनुकूल छ। परिवारमा खुसीको माहोल रहनेछ। मनले सोचेका कुराहरू पूरा हुनेछन्।

 

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

आज तपाईँको दिन मिश्रित फलदायी रहनेछ। काममा सफलता प्राप्त गर्न केही बाधा आउन सक्छ। संयमता अपनाउनुहोस्। नयाँ कामको थालनी आज नगर्नुहोस्।

 

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)

आज तपाईँको दिन राम्रो रहनेछ। अध्ययन र अध्यापनमा रुचि बढ्नेछ। शैक्षिक क्षेत्रमा सफलता प्राप्त हुनेछ। नयाँ ठाउँको भ्रमण गर्ने अवसर मिल्न सक्छ।

 

मकर (भो, जा, जि, खि, खु, खे, खो, गा, गि)

स्वास्थ्यमा सुधार आउनेछ। आर्थिक पक्षमा केही चुनौतीहरू देखिनेछन्। धैर्यताका साथ काम गर्नुहोस्, सफलता अवश्य मिल्नेछ। धार्मिक कार्यमा मन लाग्नेछ।

 

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

आज तपाईँको दिन सकारात्मक रहनेछ। साथीभाइको सहयोगले काममा प्रगति हुनेछ। नयाँ मानिससँग भेटघाट हुनेछ, जसले भविष्यमा लाभ दिनेछ।

 

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)

आज तपाईँको दिन सामान्य रहनेछ। अनावश्यक तनाव लिनबाट बच्नुहोस्। आफूले गरेको कामको प्रतिफल प्राप्त गर्न केही समय लाग्न सक्छ। धैर्यताका साथ काम गरिरहनुहोस्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

00000

लेखकको बारेमा

वरिष्ठ समाचार लेखक

0 लेखहरू
1970-01-01 सदस्य भएको
0 कमेन्टहरू
Ad
Ad