Comments Add Comment

आज २०७७ जेठ १४ गते बुधबारको राशिफल

आजको पञ्चाङ्ग

बि.सं. २०७७ जेठ १४ गते बुधवार ।  इ.सं. 27 May 2020 । शक संवत १९४२ । नेपाल संवत ११४० बछलाथ्वप्रमादीउत्तरायण । ग्रीष्म ऋृतु । ज्येष्ठ शुक्लपक्ष । तिथि पञ्चमी , २२:३१ बजे उप्रान्त षष्ठी । नक्षत्र
पुनर्वशु , ०६:१६ बजे उप्रान्त तिष्य । योग वृद्धि , २५:१४ बजे उप्रान्त ध्रुव । करण वव ११:०७ बजेदेखि वालव , २२:३१ बजे उप्रान्त गर। चन्द्रराशि कर्कट  । आनन्दादी योग गद । दिनमान ३४ घडी ०९ पला । सूर्योदय ०५: १२ बजे । सूर्यास्त बेलुका १८: ५१ बजे ।

पञ्चमी, ज्येष्ठ शुक्लपक्ष

तपाईको आजको  राशीफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, )

रोकिएका काम पुनः सुरु हुन सक्छन् । जोश,जाँगर र उमङ्ग बढ्नेछ । वैदेशिक कार्य विस्तारै अघी बढ्नेछ । शुभकार्यको चर्चापनि चल्नेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

आज विपरित वर्गबाट विशेष सहयोग मिल्नेछ । जोश जाँगर र हिम्मत बढ्दै जानेछ । नजिकको मित्रसँग भेटघाटपनि हुनेछ ।    

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)

आज मित्रजनको साथ र सहयोगमा उल्लेख्य कार्य सम्पादन हुनेछ । विभिन्न कार्यक्रममा नेतृत्वदायक भूमिका निर्वाह गर्न पाइनेछ ।     

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । नयाँ कार्यको योजना बन्ला । मनमा उत्साह र उमङ्ग छाउनेछ । बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ ।     

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

आज जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । सरकारी र सामाजिक निकाएको भय रहला ।  

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

आज लाभ, हानी, आय, व्यय, सुख, दुख वरावरी खालको समय छ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ मिल्नेछ ।            

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

आज नयाँ कामको थालनी हुनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । जोश जाँगर र हिम्मत बढ्नेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ ।    

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

नयाँ कार्य वा रोजगारको योजना बन्नेछ । आफूले गरेको कार्यबाट मान प्रतिष्ठामा बृद्धि होला । आफन्तको प्रगतिमा मन रमाउनेछ ।   

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)

आज लगानी गर्नु उपलब्धीमूलक हुँदैन र खर्चपनि हुनेछ । प्रेममा समस्या आउला, तर नजिकका व्यक्तिबाट कार्यमा सहयोग मिल्नेछ । 

मकर (भो,जा,जि,जु,जे,जो,,खि,खु,खे,खो,गा,गि)

आज सामाजिक र धार्मिक कार्यमा रुचि बढ्नेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । स्वादिष्ट भोजनको अवसर मिल्नेछ ।       

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

आज अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । गरेका कामबाट राम्रै लाभ हुनेछ । धर्म,कर्ममा मन लाग्नेछ । प्रेम सम्बन्धपनि कसिलो हुनेछ ।            

मीन (दि, दु, , , , दे, दो, चा, चि)

आज आदर्श ब्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । नयाँ काममा हात हाल्ने समय छ । – ज्यो.प. नारायणप्रसाद दुलाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर