नेपाल राष्ट्रिय शिक्षक संगठन मकवानपुर महिला विभागको आयोजनामा १ हप्ते शिक्षक प्रशिक्षणको चौथो दिन महिला शशक्तिकरण र समसामयिक कानुनी सवाल विषयक प्रशिक्षण सम्पन्न भएको ।
। नेपाल राष्ट्रिय शिक्षक संगठन राष्ट्रिय समिति कोषाध्यक्ष बिष्णु भण्डारीको प्रमूख आतिथ्यता तथा संगठन राष्ट्रिय समिति सचिवालय सदस्य कमला थापा र सदस्य पद्मा पौडेलको विशेष आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । भण्डारीले महिला कानुन कानुनका रुपमा मात्रै आकर्षक देखिएपनि त्यसको कार्यान्वयन पक्ष अहिलेको चुनौतीको विषय रहेको प्रष्ट पार्नुभएको संगठन जिल्ला प्रचार विभाग प्रमूख सुनिल गौतमले बताउनुभयो ।

मकवानपुर जिल्ला उपाध्यक्ष एवम् महिला बिभाग प्रमुख लक्ष्मी गजुरेलको अध्यक्षतामा सम्पन्न प्रशिक्षण कार्यक्रम लाइ संगठन जिल्ला सहसचिव प्रतिमा गौतमले स्वागत गर्नुभएको थियो । कार्यक्रममा संगठन राष्ट्रिय परिषद् सदस्य रमेश लामिछाने, जिल्ला समिति अध्यक्ष श्रीराम दाहाल, सल्लाहकार लक्ष्मी चौलागाइ, रुपन्देही अध्यक्ष मोतिलाल सुवेदी, कोषाध्यक्ष जयप्रसाद पोखरेल, सहकोषाध्यक्ष चन्द्रादेबी लामा बल, जिल्ला प्रचार विभाग प्रमूख सुनिल गौतम, शिक्षक सहकारी अध्यक्ष सिताराम दाहाल, सचिवालय सदस्य कृष्ण पौडेल, सदस्य सविता लामिछाने, हेटौंडा नगर अध्यक्ष मुकुन्द न्यौपाने, शिक्षक महासंघ हेटौंडा नगर अध्यक्ष दिपक अधिकारी संगठन नगर सचिव गोपिरमण प्याकुरेल, मकवानपुरगढी अध्यक्ष,शिवप्रसाद लामिछाने, भिमफेदी अध्यक्ष कृष्ण पोखरेल ,थाहानगर अध्यक्ष रमेशमान डङ्गोल धादिङ सदस्य सरस्वती पाण्डे, लगायतकाको उपस्थिती रहेको थियो ।

संगठनको नियमित कार्यक्रम अन्तर्गत जेष्ठ ११ गतेदेखि जिल्ला महिला बिभाग ले प्रशिक्षण कार्यक्रम आयोजना गरिरहेकोमा भोलि जेष्ठ १४ लकडाउनमा सकरात्मक जीवनशैली विषयक प्रशिक्षण हुने संगठन जिल्ला उपाध्यक्ष लक्ष्मी गजुरेलले बताउनुभएको हो ।