हेटौंडा उपमहानगरपालिकाका मेयर मिनाकुमारी लामालाई उनका छोरा सुपेन लामाले ज्ञापन पत्र बुझाएका छन् । नेकपा एकीकृत समाजवादी निकट विद्यार्थी संगठन अनेरास्ववियू हेटौंडा उपमहानगरपालिका कमिटीका अध्यक्ष रहेका सुपेनले उपमहानगरभित्र शिक्षा क्षेत्रमा विकृति देखापरेको भन्दै ज्ञापन पत्र बुझाएका हुन् ।

ज्ञापन पत्र बुझाउँदै सुपेनले विद्यार्थीसँग मेयर कार्यक्रम, अंग्रेजी र नेपाली माध्यमका विद्यार्थीहरुलाई फरक फरक शुल्क लिने व्यवस्थाको खारेजी, हरेक विद्यालयमा एक खेलकुद शिक्षक र एक नर्स अनिवार्य गर्नुपर्ने, शौचालय र धाराको व्यवस्थापन राम्रो हुुनपर्ने माग राखेका थिए ।