आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा नेपाल नामिबियासँग ४० रनले पराजित भएको छ । जितका लागि २ सय २१ रनको प्रतिस्पर्धात्मक विजयी लक्ष्य पछ्याएको नेपाल ४६.५ ओभरमा १ सय ८० रनमा अल आउट भयो । नेपालका आरिफ शेख ८४ बलमा २ चौकासहित सर्वाधिक ५० रनमा अविजित रहे । आरिफको ओडिआई करिअरको यो चौथो अर्ध शतक हो । अन्य कुनैपनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् ।

देव खनाल ६५ बलमा २ चौकासहित ३४ रनमा आउट भए । । ओपनर आसिफ शेख १४ र कुशल भुर्तेल २७ रनमा आउट भए । कुशलले ४६ बलमा २ चौका र १ छक्का प्रहार गरे । रोहित पौडेल शून्यमा रन आउट भए । दीपेन्द्रसिंह ऐरी ४ रनमा क्याच आउट भए । सोमपाल कामी र आदिल अन्सारी १०–१० रनमा आउट भए । करण ११ बलमा २ चौका र १ छक्कासहित १९ रनमा आउट भए । बसिर अहमद ३ रनमा रन आउट भए । अब नेपालले दोस्रो खेल बुधबार स्कटल्यान्डसँग खेल्नेछ ।