आजबाट हेटौंडामा सुरु भएको सातौं हेटौंडा भेट्रान्स कप फुटबल प्रतियोगितामा आयोजक हेटौंडा भेट्रान्स (बी)ले विजयी सुरुवात गरेको छ । हेटौडा भेट्रान्सको आयोजनामा भएको प्रतियोगितामा आज उद्घाटन खेल मात्र भएको छ । उद्घाटन खेल हेटौंडा भेट्रान्स (बि) र सिमरा भेट्रान्सबीच भएको थियो । खेलको निर्धारित समयमा दुबै टिमबाट गोलरहित बराबरीमा रोकिएपछि खेल ट्राईब्रेकरमा धकेलिएको थियो । ट्राईब्रेकरमा हेटौंडा भेट्रान्स (बी)ले सिमरा भेट्रान्सलाई ३–२ गोल अन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको छ । खेलको म्यान अफ द म्याच हेटौंडा भेट्रान्सका सरोज राजथला भएका छन ।

प्रतियोगिताको उद्घाटन हेटौंडा उपमहानगरका प्रमुख हरि बहादुर महतले गरेका थिए । उद्घाटन कार्यक्रममा बागमती प्रदेश फुटवल संघका अध्यक्ष राजेन्द्र श्रेष्ठ , जिल्ला फुटवल संघका अध्यक्ष टिका लामा लगायतकाको उपस्थिति रहेको थियो ।

May be an image of 7 people and people standing

प्रतियोगिता अन्तर्गत भोलि मंगलबार पाँच वटा खेल हुने भएको छ । पहिलो खेल सानो गौचरण नाईट किङ र बिहानी क्लव फरेष्टी क्लव हेटौंडा बिच हुने भएको छ । दोस्रो खेल बौद्ध भेट्रान्स र बानेश्वर फुटबल क्लव काठमाडौं , त्यस्तै तेस्रो खेल अविशेक चर्च नवलपरासी र जोरपाटी काठमाडौँ बिच हुने भएको छ भने चौथो खेल नागस्वती भेट्रान्स क्लव हेटौंडा–७ बिच हुने र अन्तिम पाँचौ खेल एबिसि पोखरा र कालभैरव हेटौंडा बिच हुने खेल संयोजक मणिराज गौतमले जनाएका छन् ।

पौष ३ गते सम्म सञ्चालन हुने प्रतियोगितामा १८ ओटा भेट्रान्स क्लबहरुको सहभागिता रहेको खेल संयोजक गौतमले जानकारी दिए । प्रतियोगिताको प्रथम हुने समुहले नगद १ लाख ११ हजार १ सय ११ रुपैया तथा शिल्ड,दित्तियले नगद ५५ हजार ५ सय ५५ रुपैया सहित शिल्ड प्राप्त गर्ने आयोजक क्लब हेटौंडा भेट्रान्सका उपाध्यक्ष नवराज बज्रचार्यले बताए । खेलमा उत्कृष्ठ मिडफिल्डर,फरवार्ड, डिफेन्डर,गोलकिपर र समुह कोचलाई जनही ५ हजार नगदले पुरस्कार प्रदान गरिने कार्यक्रम संयोजक गौतमले बताए ।