Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

आज मिति २०७६ चैत ११ गते मंगलवार, तपाइको आजको राशिफल हेर्नुहोस्

Company Register

आजको पञ्चाङ्ग

बि.सं. २०७६ चैत ११ गते मंगलवार । इ.सं. 2020 March 24शक संवत १९४१ । नेपाल संवत ११४० चिल्लागा । परिधावी संवत्सरउत्तरायण वसन्त ऋृतु चैत्र कृष्णपक्षतिथि औंसी , १४:१६ बजे उप्रान्त प्रतिपदा । नक्षत्र उत्तरभाद्रपदा , २७:४१ बजे उप्रान्त रेवती । योग शुक्ल , १४:२८ बजे उप्रान्त ब्रह्म । करण नाग १४:१६ बजेदेखि किंस्तुघ्न , २७:१९ बजे उप्रान्त कौलव । चन्द्रराशि मीन । आनन्दादी योग सिद्धि । दिनमान ३० घडी २८ पला । सूर्योदय ६: ०५ बजे । सूर्यास्त १८: १७ बजे ।

Advertisement

विश्व क्षयरोग दिवस, घोडेजात्रा (काठमाडौं मात्र)

तपाइको आजको  राशीफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, )

गरेका कार्यमा ढिलासुस्ती हुनेछ । आफूलाई कमजोर भएको अनुभूति हुनेछ । स्वास्थ्यमा समेत समस्या आउनेछ, अत: सजक रहनु होला ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

आज पुनर्मिलनको योगपनि रहेको छ । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि श्रेष्ठ समय रहेकोछ । कूटनीतिक नियोगको सहयोग मिल्ला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)

एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । बन्धु बान्धवबाट विशेष सहयोग मिल्नेछ । साँझपख शुभ समाचार आउन सक्छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ । बौद्धिकताको विकास हुनेछ । राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

आज दबाब र तनाव बढेको महसुस हुनेछ । प्रेमी प्रेमिकाका बिच खिन्नता बढ्नेछ । मनमा निरासा र शरीरमा आलस्यपनि आउन सक्छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

नयाँ–नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । लगनशीलताले कामहरु अगाडी बढ्नेछन । मान प्रतिष्ठामा बृद्धि होला । धर्म,कर्ममा मन लाग्नेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ । नयाँ वस्त्र, अलंकारको प्राप्ति हुनेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । शुभकार्यको चर्चा चल्नेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

 इच्छा र आकाङ्क्षा पूर्ण हुनेछन् । छोटो दुरीको लाभदायक यात्रा हुनेछ । मित्र वा आफन्तको सहयोग मिल्नेछ । तिर्थाटनको योगछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)

आज जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । प्रेमी र प्रेमिकाका बिच खिन्नता बढ्नेछ । मुद्दा मामिला आइलाग्नेछ । सौन्दर्यतामा धन खर्च हुनेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,,खि,खु,खे,खो,गा,गि)

आफन्तको प्रगतिमा मन रमाउनेछ । विद्या र बुद्धिको विकास हुनेछ । श्रमको उचित मुल्याङ्कन हुनेछ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

कला र गलाको प्रभाव बढ्नेछ । सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ । भाग्यले विभिन्न अवसर जुराउनेछ । विपरीत वर्गप्रति आकर्षण बढ्नेछ ।

मीन (दि, दु, , , , दे, दो, चा, चि) आज शुभकार्यको चर्चा चल्नेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ । कलकारखाना र बन्दव्यापारमा फाइदा हुनेछ । सांस्कृतिक क्षेत्रमा रुची बढ्नेछ । ज्यो.प. नारायणप्रसाद दुलाल

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...